डा. देवकाेटाकाे इच्छाअनुसार जन्मथलाे गाेरखा लगियो

समाचार
शेयर गर्नु होला

काठमाडौं । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि वरिष्ठ न्युराे सर्जन डा. उपेन्द्र देवकोटाले जन्मगाउँ गाेरखा जाने इच्छा व्यक्त गरेअनुसार उनलारि गाेरखा लगिएकाे छ ।

देवकोटाले जन्मघर पुग्ने इच्छा ब्यक्त गरेकाले हेलिकप्टरबाट गोरखा लैजान लागिएको हो। उनकाे स्वास्थ्य अवस्था अहिले स्थिर रहेकाे छ।पारिवारिक स्रोतका अनुसार गोरखाको आँपपिपल पण्डित गाउँस्थित जन्मघरमा एक डेढ घण्टा बसेर उनलाई फेरि काठमाण्डौं फिर्ता ल्याइनेछ। उनले अाफू जन्मेकाे घरको पिँढीमा एकै छिन भए पनि सुस्ताउने इच्छा परिवारका सदस्यलाई जाहेर गरेपछिहेलिकप्टरमार्फत गाेरखातर्फ लगिएकाे हाे ।

डा. देवकाेटालारि पछिल्लाे समय बाँसबारीस्थित न्युराे अस्पतालमा सघन उपचारकक्षमा राखिएकाे थियाे । स्वास्थ्यमा सामान्य सुधार देखिएपछि उनलाई आज बिहान घाममा राख्न उपचारकक्षबाट बाहिर ल्याइेको थियो । करिब आधा घण्टाजति बिहानको कलिलो घाममा राखिएका देवकाेटाप्रति शुभेच्छुकले टाढैबाट श्रद्धा व्यक्त गर्दै डा. देवकोटालाई स्वास्थ्यको कामना गरेका थिए ।

यसाघि देवकोटाको स्वास्थ्यबारे गलत हल्ला चलेपछि अस्पतालले आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो । अस्पताल र परिवारले समेत देवकोटाको स्वास्थ्यमा सुधार हुँदै आएको विज्ञप्ती नै जारी गर्नुपरेको थियो ।

पित्त थैलीको क्यान्सरबाट पीडित देवकोटा गत वैशाखदेखि न्यूरो अस्पतालमा उपचाररत छन् । त्यसाघि उनको बेलायतमा उपचार भएको थियो । ५ महिनाको उपचारपछि पनि सुधार नाअेपछि उहाँलाई नेपाल ल्याइेको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *