डडेल्धुरा- कांग्रेस जिल्ला कार्य समिती डडेल्धुराको जिल्ला सम्मेलनमा सहभागि हुन गृह जिल्ला डडेल्धुरा पुगेका पुर्वप्रधानमन्त्री समेत रहेका देउवाले नवगठित नेकपाले जनतालाइ दुःख दिएको आरोप लगाएका छन् ।
पुर्वप्रधानमन्त्री समेत रहेका देउवाले सम्मेलन पुर्व सदरमुकाम डडेल्धुरामा कम्युनिष्टको शासनमा जनताले दुःख पाइरहेको बताए । देउवाले भने, “दुःख दिन बाहेक कम्युनिष्टलाइ केही अौदैन, जनताले विस्तारै बुझ्छन । आर्थिक बर्ष २०७५÷०७६ को बजेटले जनतालाई बोझ थप्ने काम गरेको छ, यो सरकारको काम नेपाली जनतालाई दुःख र बोझ थप्ने त होनी ।”
डडेल्धुरालाई सात नं. प्रदेशको राजधानी बनाईनु पर्ने स्थानीयको माग छ नी भन्ने प्रश्नमा सभापती देउवाले आफुले राजधानी बनाउन नसक्ने बताए । उनले हास्दै भने, “डडेल्धुरा राजधानी बनाउन सक्छु मैले, पत्याउने कुरा गर्नु पर्यो नि । सबका सबै रिसाएका छन् । काँ सक्छु राजधानि बनाउन मैले । डडेल्धुराको विकास भयो भने, अझ राम्रो भयो भने, सडक बाटो चौडा भयो भने, सुदुरपश्चिमको एुटा पर्यटकिय क्षेत्र भने डडेल्धुरा हुनसक्छ ।” देउवाले डडेल्धुरा बर्खे राजधानी भने बन्न सक्ने बताए ।
सरकारका अनैतिक कामकार्वाहीको आफुहरुले कडा विरोध गरिरहेको बताउदै देउवाले कांग्रेस कडा विपक्षिको भुमिका निर्वाह गर्दै अघि बढीरहेको बताए। कांग्रेस भित्रका अन्तर्घातीलाई कार्वाही नभए पार्टी नचल्ने बताउदै सभापति देउवाले अन्तर्घातीलाइ कार्वाही भएरै छाड्ने बताए ।