जुम्ला एयरपोर्टमा तारा एयर को जहाज दुर्घटना, यात्रु सुरक्षित

समाचार
शेयर गर्नु होला

 

जुम्ला : नेपालगन्जदेखि जुम्ला अौँदै गरेको तारा एयर ९ेन एिभी कल साइको जहाज जुम्ला एयरपोर्टमा ल्यान्ड गर्दै गर्दा दुर्घटना भएको छ ।

नेपालगञ्जबाट जुम्ला पुगेको विमान अवतरणका क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको हो। विमानमा सवार १६ यात्रु र तीन चालक दलका सदस्य सकुशल छन् ।

जुम्लाका लागि नेपालगन्जबाट शनिबार दिउँसो २ बजेर ६ मिनेटमा उडेको तारा एयरको ट्वीनाटर अवतरणका क्रममा अगाडिको पांग्रा (ल्याण्डिङ गेयर) पन्चर हुँदा जहाज धावनमार्ग भन्दा बाहिर गएको छ ।

धावनमार्गबाट असन्तुलित हुँदै बाहिर निस्केको जहाज आवासगृहतर्फको फेन्समा ठोक्किएको थियो। २ बजेर ४० मिनेटमा विमान अवतरणा गर्न लागिएकाे थियाे । विमानमा रहेका१८ यात्रु र ३ जना चालक दलका सदस्य सबै सकुशल छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *