विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वकाे सरकारका कारण वर्तमान सरकारले चुनावी घाेषाणा अनुसारकाे बजेट ल्याउन नसकिएकाे बताएका छन् ।
प्रदेश १ काे सभा बैठकलारि सम्बाेधन गर्न यहाँ अाइपुगेका प्रम अाेलीले विराटनगर विमानस्थलमा बजेट चुनावी घाेषाणाअनुसार नभए पनि यसमा प्रदेशले चित्त दुखाउनुपर्ने अवस्था नरहेको बताएका हुन् ।
प्रम अाेलीले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘अघिल्लाे सरकारले साढे ७ अर्ब मनपरी ढंगले बाँडेको छ, यो राजश्वको ठूलो प्रतिशत हामीले दायित्व लिनुपर्ने अवस्था सृजना भएकाे छ ।’ उनले डामाडाेल अवस्थामा रहेकाे अर्थतन्त्रलाई ट्रयाकमा ल्याउनु परेकाले त्यसकाे असर बजेटमा परेकाे बताए ।
मुलुक नयाँ प्रणालीमा गएकाे र यसलारि म्यानेज गर्न केही समय लाग्ने बताउँदै उनले अघिल्लो सरकारले बिनायोजना साढे ७ अर्ब बाँडेकोले त्यो तिनुपर्ने दायित्व अहिलेको सरकारमा आएको जिकिर गरे ।
उनले सहमतिकाे अाधारमै सरकार अघि बढ्ने बताउँदै अहिलेकाे सरकारबाट विपक्षी दल अात्तिनु जरूरी नरहेकाे समेत प्रस्ट पारे ।