दाहाल पाँच वर्षभित्र कार्यकारी राष्ट्रपति बन्ने ठोकुवा

समाचार
शेयर गर्नु होला

 

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल आगामी ५ वर्षभित्र देशको कार्यकारी राष्ट्रपति बन्ने भएका छन्।

शनिबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा नेकपाका नेता देवेन्द्र पौडेलले आगामी पाँच वर्षभित्रै नेकपाका अध्यक्ष दाहाल प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बन्ने ठोकुवा गरेका छन्।

दाहालले केही दिनाघि पोखरा पुगेर प्रत्यक्ष निर्वाचित कार्यकारी लागु गर्ने विषयमा आफ्नो धारणा राखेका थिए उनलेदलहरुबीच सहमति भैसकेको र निकट भविष्यमा संविधान संशोधन गरेर यसलाई लागु गरिने बताएका थिए हाल प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बन्न तयार भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा पौडेलले भने, ‘अहिले व्यक्तिगत कुरा नगरौं, व्यक्तिको विषयमा कुरा गर्दा अलिक हतारो पनि हुन्छ, तर प्रचण्ड कार्यकारी राष्ट्रपति बन्न योग्य हुनुहुन्छ, यदि योप्रणालीमा भोलि कुनै तरिकाले गयौं भने स्वभाविक रुपमा उहाँ नै सशक्त उम्मेद्धवार हो।’

उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आगामी पाँच वर्षसम्मको लागि भएको उल्लेख गर्दै भने, ‘एकता हुँदाखेरी नै हामीबीच सरकार आलोपालो चलाउने सहमति भएको हो, ओलीले अढाई वर्ष प्रधानमन्त्री चलाउने र बाँकी प्रचण्डले चलाउने, यही पाँच वर्षको अवधिभित्रै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति व्यवस्था लागु भए प्रचण्ड राष्ट्रपति बन्नुहुन्छ।’ नेकपाका स्थायी समिति सदस्य पौडेल दाहालनिकट नेता हुन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *