अपांग महिलालाई करणी गर्ने सशस्त्र प्रहरीलाई १० वर्ष कैद

समाचार
शेयर गर्नु होला

 

कपिलवस्तु — शारीरिक अपांगता भएकी महिलालाई करणी गरेका सशस्त्र प्रहरीका लोकराज अवस्थीलाई जिल्ला अदालतले १ लाख रुपैयाँ क्षतिपूर्ति र १० वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश ॐअकारनाथ उपाध्यायको इजलासले उक्त फैसला गरेको हो ।

मुलुकी ऐन जबरजस्ती करणी महल ३ (५) अनुसार ५ वर्ष कैद तोकिएको थियो । उक्त महलको ३ (क) अनुसार शारीरिक अस्वस्थता देखिएकी महिलालाई करणी गरेकामा थप ५ वर्ष कैद सजाय थपिएको स्रेस्तेदार डिल्लीराज शर्माले बताए ।

अवस्थी कञ्चनपुर, झलारी पीपलडाँडी नगरपालिका ३ तथा थारु वाणगंगा नगरपालिका १५ चौवाका हुन् । ०७३ जेठ ३० गते भैंसी चराउन गएकी महिलालाई अवस्थीले करणी गरेको अभियोग लागेको थियो ।

मुद्दाका अर्का आरोपी सशस्त्र प्रहरीका राजु थारुलाई ३ वर्ष कैद तोकिएको छ । अवस्थीले करणी गर्दा थारुले मद्दत गरेको पाइएकाले उनलाई पनि सजाय भएको स्रेस्तेदार शर्माले बताए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *