डा. उपेन्द्र देवकोटाको ईच्छा पुरा,गाउँ आएपछि अनुहारमा चमक ( फोटो )

Uncategorized
शेयर गर्नु होला

 

गोरखा । वरिष्ठ न्यूरो सर्जन डा। उपेन्द्र देवकोटालाइृ उनको इच्छा अनुसार पुर्ख्यौली घर पुर्याईेको छ । उनलाई हेलिकप्टर मार्फत उनको घर गोरखा लगिएको हो ।

 

हेलिकप्टर चार्टर गरेर पालुङटार नगरपालिका–४ बोहोरागाउँस्थित पुर्ख्यौली घर ल्याएका देवकोटालाई भेट्न उनका शुभचिन्तकको भीड लागेको थियो । झण्डै डेढ घण्टा बोहोरागाउँमा बिताएका देवकोटा ५५ मिनेट जन्मिएको घरमा सुस्ताए ।
डा। देवकोटाका आफन्तका अनुसार उनलाई घरमा लगेर पिँढीमा राखिने वित्तिकै नजिकै रहेको सिस्नेधाराको पानी ल्याएर चम्चामार्फत खुवाइेको थियो । जुन जमिनबाट उम्रिएको मुलको पानी हो ।

चम्चाको सहाराले सिस्ने धाराको पानी खाएपछि देवकोटाको अनुहारमा चमक आएको उनी बताउँछन् । गाउँ आएपछि उपेन्द्र निकै खुसी भएका उनका उपचारमा संलग्न मेडिसिटी अस्पतालका इमर्जेन्सी मेडिसिन विभागका प्रमुख इमर्जेन्सी मेडिसिन फिजिसियन डा‍। सञ्जय कार्कीले बताए ।

उनी अौने खवर पाएपछि लगभग ५ सय जना जति सुभचिन्तकहरु उपस्थित भएका थिए । तर उनले आफन्तहरुसँग दोहोरो सम्वाद गर्न भने सकेन् । त्यस पस्चात डा देवकोटालाई शनिबार नै काठमाडौं ल्याइेको छ।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *