तालिवान समूहको आक्रमण, १९ प्रहरीको मृत्यु

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

 

कुन्दुज — अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा तालिवान समूहले शनिबार बिहानै सुरक्षा शिविरमा प्रवेश गरी आक्रमण गर्दा भएको झडपमा कम्तीमा १९ जना प्रहरीको मृत्यु भएको अफगानी अधिकारीले जनाएका छन् ।

विद्रोहीले आगामी हप्ता देखि लागू हुने गरी युद्धविराम गरेको घोषणा गर्नुपूर्व गरेको आक्रमणमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीको मृत्यु भएको छ भने केही घाइते भएका छन् । घटनाको तालिवान समूहले जिम्मेवारी लीसकेको छ ।

कुन्दुजका प्रान्तीय सरकार प्रमुख नेहमातुल्लाह तैमुरी दिएको जानकारीमा भनिएको छ, “शनिबार शिविरमा भएको आक्रमणमा १९ प्रहरीले शाहदत प्राप्त गरेका छन् भने कम्तीमा पाँच प्रहरी घाइते भएका छन् ।”

प्रहरीका प्रान्तीय प्रवक्ता इन्हामुद्दिन रहमनीले प्रहरीतर्फको मृतक सङ्ख्या १९ भएको पुष्टि गर्दै घटनामा आठ तालिवान लडाकूको पनि मृत्यु भएको बताए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *