आरजु देउवालाई हराउन भुमिका खेल्ने अन्तर्घाती काँग्रेसहरु लाई कारबाहीको सिफारिस

राजनीति
शेयर गर्नु होला

 

धनगढी, २७ जेठ । काँग्रेस सभापति शेरबहादुर देउवाकी धर्मपत्नी आरजु राणा देउवालाई हराउन भूमिका खेलेको अभियोगमा पूर्वसांसद पुष्करनाथ ओझासहित २० जनाको नाम कारबाहीका लागि केन्द्रमा सिफारिस गरेको छ।

गत संसदीय निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेकी देउवा एमालेकी नारदमुनि रानासँग पराजित भएकी थिइन्।

कारबाहीमा पर्नेमा पूर्वसांसद ओझासहित महासमिति सदस्य आनन्दराज जोशी, पार्टी जिल्ला सचिव पूर्ण कुँवर, धनगढी वडा नम्बर ५ का वडा सदस्य बब्लुकुमार चौधरी, वडा नम्बर ३ का क्षेत्रीय प्रतिनिधि सीताराम अवस्थी, वडा नम्बरका वडा सदस्य शुभाष चन्द, वडा नम्बर १८ का क्षेत्रीय प्रतिनिधि फूलनारायण भुषाल, वडा नम्बर १३ का तरुण दल अध्यक्ष खडक ओझा, वडा नम्बर १३ का क्षेत्रीय प्रतिनिधि भोजराज भट्ट ।जिल्ला सदस्य लक्ष्मी देवकोटा, निर्वाचन क्षेत्र नम्बर ५ का क्षेत्रीय उपसभापति कुम्भराज गिरी, नेवि संघ सह–महामन्त्री प्रेम जोशी, धनगढी वडा नम्बर ७ का सभापति देवबहादुर सेठी, वडा नम्बर १९ का वडा सचिव गंगादत्त ओझा, क्रियाशील सदस्य विनायक पनेरु, लोकराज अवस्थी, चन्द्रदेव जोशी, शिक्षक संघ जिल्ला कार्यसमिति सदस्य लक्ष्मी ओझा, पूर्व क्षेत्रीय सचिव खेम भट्ट र सदस्य भूमिनन्द ओझाको को नाम छ।

कैलाली क्षेत्र नम्बर ५ का सभापति हरिश खड्का, सचिव भीम पडाल, धनगढी नगर सभापति नृपबहादुर वड, यज्ञराज उपाध्याय, निर्वाचन परिचालन मूल समितिका वडा संयोजकहरुले पेश गरेको प्रतिवेदनका आधारमा कारबाहीको सिफारिस गरिएको कैलाली काँग्रेसले जनाएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *