पुष्पकमल दाहाल को वर्तमान सरकार पाँच वर्ष टिक्ने ग्यारेन्टी

समाचार
शेयर गर्नु होला

 

विरटनगर — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले उद्योग संगठन मोरङको ४६ औं वार्षिक साधारणसभामा बोल्दै अब राजनीतिक अस्थिरता हुँदैन,सरकार पुरा अवधी टसमस हुँदैन ।

सरकारको पाँच वर्षिय कार्यकालले वामपन्थीको आगामी ग्राउण्ड कस्तो हुने निरक्यौल गर्छ ।’
राजनीतिक स्थिरता, शान्ति स्थापना, संविधान लेखन र सुशासनकालागि आफ्नो झण्डै चार दशक बितेको स्मरण गर्दै दाहालले अबको आफ्नो एक दशक विकास र समृद्धिमा खर्चिने बताए । मुलुकको आर्थिक विकासकालागि निजी क्षेत्रसँगको सहकार्य बिना सम्भव नहुने दाहालको भनाई थियो ।

विराटनगर विमानस्थलको स्तरोन्नती, कृषिको आधुनिकीकरण र औद्योगीकरणलाई वर्तमान सरकारले उच्च प्राथामिकता दिने दाहालको आश्वासन थियो । दुई तिहाई बहुमतको कम्युनिष्ट सरकारले आगामी वर्षको बजेट भोट बटुल्ने र चकाचक गर्ने नभैइ मुलुकको अर्थतन्त्रलाई ट्रयाकमा राख्ने गरी ल्याएको दावी गरे ।

बजेट मुलुकको वास्तविक अर्थतन्त्रमा केन्द्रित रहेको उल्लेख गर्दै दाहालले भने सरकारलाई काल्पनिक बजेट ल्याएर क्षणीक पपुलर बन्नु छैन ।

१ नं प्रदेशको समृद्धिकालागि आफ्नो तर्फबाट विराटनगर किमाथाङका सडक निर्माण गरी त्रिदेशीय व्यापार र आर्थिक साझेदारी विस्तारको प्रयास हुने दाहालको भनाई थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *