राष्ट्रिय सभा नियमावली पारित

समाचार
शेयर गर्नु होला

काठमाडौँ — राष्ट्रिय सभाको अैतबार बसेको बैठकले राष्ट्रिय सभा नियमावली पारित गरेको छ । सांसद निलम्बन नहुने र पदावधिका गोलाप्रथाबाट निर्धारण हुने गरी सहमति भएपछि नियमावली पारित गरेको हो ।

एक पटकका लागि राष्ट्रिय सभाका सदस्यको पदावधि गोलाप्रथाबाट निर्धारण हुने भएको छ ।

एक तिहाई सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ। गोलाप्रथाबाट १९ जना सदस्यको पदावधि दुई वर्ष, अर्को २० जनाको चार वर्ष र बाँकी २० जना सदस्यको पदावधि ६ वर्ष कायम हुनेछ।

सचिवायलले असार ४ गते राष्ट्रिय सभाका सदस्यको कार्यकालसम्बन्धी गोलाप्रथा गर्ने तयारी गरेको छ। राष्ट्रिय सभाको कार्यसञ्चालन नियमावली नभएकाले गोलाप्रथा हुन सकेको थिएन। राष्ट्रिय सभाले अैतबार नियमावली पारित गरेपछि गोलाप्रथा गर्न बाटो खुलेको हो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *