असार ४ गते राष्ट्रियसभा सदस्यको पदावधि निर्धारण ,गोलाप्रथा गरिने

समाचार
शेयर गर्नु होला

 

काठमाडौँ। राष्ट्रियसभाका ५९ जना सदस्यको पदावधि निर्धारणका लागि असार ४ गते गोलाप्रथाको प्रयोग हुने भएको छ ।
एक तिहाई सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ। गोलाप्रथाबाट १९ जना सदस्यको पदावधि दुई वर्ष, अर्को २० जनाको चार वर्ष र बाँकी २० जना सदस्यको पदावधि ६ वर्ष कायम हुनेछ।

राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठजना र राष्ट्रपतिबाट मनोनीत तीनजना गरी ५९ जना सदस्य छन् । राष्ट्रियसभा नियमावलीअनुसार पदावधि निर्धारणका लागि खुला र महिलातर्फ क्लस्टर र प्रदेशानुसार छुट्टाछुट्टै गोलाप्रथा हुनेछ भने दलित र अपांगता भएका वा अल्पसंख्यकको सातै प्रदेशबाट निर्वाचित सातजनाबीच एकैपटक गोला हानिनेछ । राष्ट्रपतिबाट मनोनीत तीनजनाको छुट्टै गोलाप्रथाबाट पदावधि निर्धारण गरिनेछ ।

५९ सदस्यीय राष्ट्रिय सभामा ५ वटा समूहबाट निर्वाचित सदस्यहरुको अलग अलग समूह बनाइनेछ। प्रत्येक प्रदेशबाट निर्वाचित तीन जना महिला सदस्यको समूह, सबै प्रदेशबाट निर्वाचित सात जना दलित सदस्यको समूह, सबै प्रदेशबाट निर्वाचित सात जना अपांगता वा अल्पसंख्यक सदस्यको समूह, प्रत्येक प्रदेशबाट निर्वाचित तीन जनाको अन्य सदस्यको समूह र राष्ट्रपतिबाट मनोनीत तीन जना सदस्यलाई अलग अलग समूहमा विभाजन गरिन्छ।

तीमध्ये प्रत्येक प्रदेशबाट निर्वाचित महिला समूहका तीनमध्ये एक जनाको २ वर्ष, एक जनाको ४ वर्ष र अर्का एक जनाको ६ वर्ष कायम हुनेछ। त्यस्तै दलितका सातमध्ये २ जनाको दुई वर्ष, २ जनाको चार वर्ष, २ जनाको ६ वर्ष र एक जनाको शून्य वर्ष, अपांगता भएकाहरुमध्येबाट पनि २ जनाको दुई वर्ष, २ जनाको चार वर्ष, २ जनाको ६ वर्ष र एक जनाको शून्य वर्ष पदावधि कायम हुनेछ।

प्रदेशबाट निर्वाचित तीन जनाको अन्य सदस्यको समूहबाट एक जनाको २ वर्ष, एक जनाको ४ वर्ष र अर्का एक जनाको ६ वर्ष कायम हुनेछ भने राष्ट्रपतिबाट मनोनीत तीन जना सदस्यमध्ये एक जनाको २, एक जनाको ४ र एक जनाको ६ वर्ष कायम हुनेछ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *