एजेन्सी। फिफा विश्वकप २०१८ को लागि भिक्टोरिया लोपिरेभालाई सद्भावना दूत बनाइेको छ । भिक्टोरिया २००३ मा मिस रुसकी विजेता हुन् । अहिले उनलाई वल्र्ड कप गर्लको नामले चिन्न थालिएको छ ।
उनलाई स्वयं रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यो कामका लागि रोजेका हुन् । स्थानीय मिडिया रिपोर्टका अनुसार भिक्टोरिया राष्ट्रपति पुटिनकी रोजाइ हुन्
भिक्टोरियाले २०१५ देखि विश्वकपको सद्भावना दूतको भूमिका निभाइरहेकी छिन् । ३४ वर्षकी भिक्टोरिया बिजनेर एडमिनिस्ट्रेसनमा ग्रयाजुएट छिन् ।
भिक्टोरिया सबैभन्दा बढी नेयमारलाई मन पराउँछिन् । यद्यपि उनी मेस्सी, रोनाल्डो र पोग्बाको पनि तारिफ गर्छिन् । उनले विवाह पनि फुटबलरसँगै गरेकी थीन् । उनले २०१३ मा रुसका स्टार फुटबलर फेडोर मोलोवसँग बिहे गरेकी हुन् । तर, दुई वर्षपछि नै उनीहरुको सम्बन्धविच्छेद भयो ।
भिक्टोरिया इङलिस फुटबल क्लव म्यानचेष्टर युनाइटेडकी फ्यान हुन् । फुटबलसँग पुरानो नाताका कारण अहिले उनी सजिलै आफ्नो जिम्मेवारी पूरा गर्दैछिन् ।