अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बहुचर्चित् शिखर वार्ता का लागि पुगे सिंगापुर

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

 

सिंगापुर — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ऐतिहासिक शिखर वार्ताका लागि सिंगापुर पुगेका छन् ।
क्यानडामा भएको जी–७ बैठकमा सहभागी भएर अमेरिकी राष्ट्रपति ट्रम्प हवाई सेनाको जहाजबाट सिधै सिंगापुर ओर्लेका हुन्।

उत्तर कोरियाली नेता किम सिंगापुर पुगेको केही घण्टापछि ट्रम्प त्यहाँ पुगेको अन्तर्‍ाष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
ट्रम्प र किमबीच मंगलबार सिंगापुरको सेन्तोसा टापुस्थित क्यापिला होटलमा शिखर बैठक हुँदै छ। उक्त बैठक बहालवाला अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीचको पहिलो हुनेछ।

ट्रम्पले किमसँगको शिखर वार्ता शान्ति स्थापनाका लागि ‘एक पटकको प्रयास’ हुने बताएका छन्। यसाघि ट्रम्पले वार्ताको सम्भावित नतिजाबारे आफूले एक मिनेटमै थाहा पाउने दाबी गरेका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमलाई नि:शस्त्रीकरणका लागि सहमत गराउने प्रयासमा जुट्ने अपेक्षा गरिएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *