सलमानलाई घरभित्रै मार्ने योजना असफल

मनोरञ्जन
शेयर गर्नु होला

 

मुम्बैइ– बलिउडका चर्चित अभिनेता सलमान खानको हत्या गर्ने ग्याङस्टरको योजना प्रहरीले असफल पारेको छ।

विश्नोई ग्याङ्ग (समूह)का शार्प शूटर संपत नेहराले प्रहरीसँगको बयानमा सलमानलाई उनकै घरको बालकोनीमा मार्ने योजना बनाएको खुलासा गरेका हुन्।

नेहरालाई हरियाणा पुलिसको एसटीएफ टिमले गएको ६ जुनमा हैदराबादबाट पक्राउ गरेको थियो। फरार सूचीमा रहेका उनीमाथि प्रहरीले २ लाखको इनाम समेत राखेको थियो। उनी विश्नोई समूहका ग्याङ्गस्टर हुन्।

नेहराविरुद्ध यसाघि नै हत्या, अपहरण र सुपारी लिएर हत्या गर्दै हिडेकोसहित दुई दर्जनभन्दा बढी मुद्दा चलिरहेका छन्।
यसाघि राजस्थानका ग्याङ्गस्टर लरेन्स विश्नोईले गएको ६ जनवरीमा खुलेयाम सलमानलाई ज्यान मार्ने धम्की दिएका थिए।

यो धम्की दिनुको कारण १९९८ मा कालो हरिण शिकार मामिलासँग सम्बन्धित छ। जसमा सलमान अदालतबाट दोषी ठहरिसकेका छन्। हरिणलाई विश्नोई समुदायले पुज्ने गर्छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *