कान नसुन्ने सेलीब्रेटी बिरालो जसले गर्नेछ यसपालिकाे विश्वकपमा भविष्यवाणी

खेलकुद
शेयर गर्नु होला

 

एजेन्सी । यसपटकको विश्वकपमा कान नसुन्ने सेतो बिरालोले खेलकाे नतिजाबारे भविष्यवाणी गर्ने भएकाे छ । अायाेजक राष्ट्र रूसले साे प्रयाेजनका लागि उक्त बिरालाेलारि छनोट गरेको हाे ।

‘अकिलिज’ नामक मोगी प्रजातिको उक्त सेताे बिरालोले यसाघि २०१७ को कन्फेडेरेसन कपमा पनि चारमध्ये तीन खेलको सही भविष्यवाणी गरिसकेको समाचार एजेन्सीहरूले जनाएका छन् ।अकिलिजको क्षमताकै कारण यस कार्यका लागि छनाैट भएकाे हाे । कान नसुन्ने भए पनि उसमा सही चयन र विश्लेषण गर्न सक्ने क्षमता र असामान्य व्यवहार रहेकाे बताइन्छ ।

मुसा भगाउने प्रयाेजनका लागि रुसको सेन्ट पिटर्सबर्गको ‘हर्मिटेज’ म्युजियममा उक्त बिरालाेलार्इ राखिएकाे छ । हर्मिटेज म्युजिमकी प्रमुख मारिया खल्टुनेका अनुसार कान सुन्न नसके पनि उक्त बिरालाेमा अनुमान लगाउने शक्ति प्रभावकारी नै रहेकाे छ । सुन्न नसकेपछि उसकाे ध्यान सजिलै भङ्ग नहुने हुनाले पनि भविष्यवाणी सफल भैरहेको मारियाकाे भनाइ छ ।

विश्वकपका हरेक खेलपूर्व उक्त बिरालाेमार्फत भविष्यवाणी गराइनेछ । खेलका प्रतिस्पर्धी टिमको झण्डा र रङसहितका दुईवटा भाँडामा खानेकुरा राखिनेछ र बिरालाेले एुटाको खाना छानेर खानेछ । जुन टिमकाे झण्डा भएकाे भाँडाेकाे खाना बिरालाले खानेछ, साेही टिम विजेता बन्ने भविष्यवाणी गरिएकाे मानिनेछ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *