किम द्वारा अमेरिकी राष्ट्रपति ट्रम्पसँग हुने वार्ताका एजेन्डा तय

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

 

किम र ट्रम्प बहुप्रतीक्षित एवं ऐतिहासिक भेटवार्ताको तयारीका लागि सिंगापुर पुगिसकेका छन्।  उत्तर कोरियाको केसीएनए समाचार संस्थाले सार्वजनिक गरेको विज्ञप्तिमा दुई नेताले “स्थायी र दिगो शान्ति सस्थापना गर्ने संयन्त्र”का विषयमा छलफल गर्ने भनिएको छ।

उत्तर काेरियाले आफ्ना नेता किम जङ उनद्वारा भाेलि मंगलबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग हुने शिखर वार्ताका एजेन्डा तय गरेकाे छ । ट्रम्पसँगकाे भेटमा किमले ‘स्थायी शान्ति स्थापना संयन्त्र’का विषयमा छलफल गर्ने योजना बनाएको उत्तर कोरियाली अधिकारीहरूले जनाएका छन्।

दुई पक्षबीच कोरियाली प्रायद्वीपमा “परमाणु अस्त्र निश्शस्त्रीकरण” र “आपसी हित”का विषयमा छलफल हुनेछ।विज्ञप्तिमा भनिएको छ “अब एुटा परिवर्तित युग शुरू भएको छ।”

किमले विश्वले आफूहरूलाई नजिकबाट नियालिरहेको बताएका छन् भने ट्रम्पले शिखर बैठकप्रति आफूलाई सुखद अनुभूति  भैरहेको बताएका छन्।

हाल दुवै नेता फरक होटलमा बसिरहेका छन्। तर ती एक अर्काभन्दा धेरै टाढा छैनन्। किम सेन्ट रेगिस् होटलमा छन् भने ट्रम्प आधा माइल पर रहेको शाङ्ग्रिलामा बसिरहेका छन्। (बिबिसी)


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *