काठमाडौं। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले सोमबार बिहान बालाजुस्थित तीन वटै दुध डेरीको उत्पादन केन्द्रको अनुगमन गरेका छन् ।
मन्त्री चक्रपाणि खनालले बालाजुस्थित आधुनिक डेरी प्रोडक्ट, शुलभ कृषि डेरी र डिडिसी दुधको उत्पादन केन्द्रमा अनुगमन गरेका हुन्।अनुगमनका क्रममा आधुनिक डेरी प्रोडक्ट र सुलभ डेरीको पाउडरको गोदाम न्यूनतम मापदण्ड भित्र पनि नरहेको पाइेपछि शील गरिएको छ।
मन्त्री खनालले तीन वटै दुधको ३० वटा स्याम्पल परीक्षणका लागि लगिएको र त्यसमा गुणस्तर नभएको पाइे मंगलबारबाटै आवश्यक कार्वाही प्रक्रिया अघि बढाउने चेतावनी दिए।कुनै मापदण्ड पूरा नगरेको पाइेपछि दुवै डेरीको पाउडर गोदाम शील गर्नु परेको मन्त्री खनालले बताए।
मन्त्री खनालले जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने गरी खाद्य बस्तु उत्पादन गर्नेमाथि खाद्य सम्प्रभुता ऐन अन्तरगत कडा कार्वाही गर्ने पनि चेतावनी दिए। सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने जोकोही पनि कार्वाहीको दायरामा ल्याउने उनको भनाइ छ।