रेशम चौधरीको शपथको वातावरण बने मात्र राजपा सरकारमा

समाचार
शेयर गर्नु होला

 

काठमाडौँ — राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले आफ्ना पार्टीका सांसद रेशमलाल चौधरीको शपथग्रहणको वातावरण बन्नेवित्तिकै आफ्नो पार्टी बढीमा एक साताभित्रै सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् ।

सरकारले संविधान संशोधनमा प्रतिबद्धता जनाइसकेकोले अब चौधरीको सपथ ग्रहणको वातावरण बन्नेवित्तिकै राजपा सरकारमा सहभागी हुने झाको दाबी थियो। आगामी बिहीबार वा शुक्रबार नै राजपा सांसद चौधरीको शपथग्रहण भए त्यसको एकदुई दिनभित्रै पार्टी सरकारमा जाने उनको दाबी थियो।

रिपोर्टर्स क्लवको साक्षात्कारमा सोमबार महासचिव झाले भने,‘हामी सरकारमा सहभागी हुनेबारे सम्वाद जारी छाउपचारिक तथा अनौपचारिक छलफल भैरहेको छ।’प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुनेबारे गम्भीर छलफलभैरहेको   झाले जानकारी दिए।

आफूहरुले संविधान संशोधनमा ‘टायम फ्रेम’ खोजेको पनि बताउँदै उनले थपे, ‘संविधान बनेको तीन वर्षभित्र अर्थात २०७५ असोज ३ गतेसम्म सबै कानून निर्माण भैसक्नुपर्छ, यो असोज ३ गतेअघि नै संविधान संशोधन होस् भन्ने हाम्रो चाहना हो, हामी सकारात्मक छौं।’ महासचिव झाले दुई नम्बर प्रदेशको सरकार आफूहरुको कारणले नढल्ने समेत जिकिर गरे।

‘दुई नम्बर प्रदेशमा राजपा र फोरमलाई नै सरकार बनाउन जनताले मत दिएका हुन्, हामी जनमतको कदर गर्छौं, त्यसबाट दायाँबायाँ हुँदैनौं, हाम्रो कारणले सरकार ढल्दैन्, हामी असहयोग गर्दैनौं’, उनको भनाई छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *