काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल महासचिव केशव झाले आफ्नो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधिसभाको सभामुखको अफर गरे जिम्मेवारी वहन गर्न तयार रहेको जानकारी दिए।
महासचिव झाले ‘यदि हामीलाई यस्तो जिम्मेवारी अौँछ भने हामी पछि हट्दैनौं’, उनले महन्थको चाहना सार्वजनिक गरे।
यसाघि महन्थले उपराष्ट्रपतिमा दाबी गरेका थिए। तर, संविधान संशोधनमै कुरा नमिल्दा यो त्यसै सेलायो।
अहिले प्रतिनिधिसभाको सभामुख कृष्णबहादुर महरा छन्। उनलाई विस्थापित गरेर महन्थ सभामुख बन्लान त? त्यो हेर्न बाँकी नै छ।
यसाघि महन्थले सभामुख निर्वाचित नभएको अवस्थामा संसदको पहिलो बैठकमा जेष्ठ सदस्यको नाताले सभामुखको जिम्मेवारी निर्वाह गरेका थिए।