काठमाडौँ: अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले अन्तरराष्ट्रिय खेलमा आफ्नो भविष्य रूसमा हुने विश्वकपमा देशको प्रदर्शनमा निर्भर रहेको बताएका छन् ।
मेसीले स्पेनको डेली स्पोर्ट्ससँग कुरा गर्दै भनेका छन्, ‘मेरो अन्तरराष्ट्रिय करिअरको भविष्य रुसमा हुने विश्वकपमा देशले गर्ने प्रदर्शनमा निर्भर हुनेछ । हामी विश्वकप कसरी टुंग्याउँछौँ, त्यसैमा मेरो भविष्य पनि अडिएको छ ।’
बार्सिलोनाका यी फरवर्डले आफूहरुले लगातार तीन पटक फाइनल गुमाइसकेको पनि स्मरण गरे । ‘हामीले लगातार तीन फाइनल गुमाइसकेका छौँ ।
अर्जेन्टिनाको टिमले सन् २०१४ मा विश्व कप फाइनलमा जर्मनीविरुद्ध अतिरिक्त समयमा १-० ले नतिजा सुम्पिएको थियो । त्यसपछि सन् २०१५ र २०१६ मा कोपा अंेरिका कपको उपाधि पनि पेनल्टी सुटाऔटमा गुमाउँदै अर्जेन्टिना नमिठो पीडाबाट गुज्रिएको छ।
विश्वकपका क्रममा ३१ वर्ष पुग्न लागेका मेसीले स्पेन, ब्राजिल, जर्मनी, फ्रान्स र बेल्जियमलाई यो विश्वकपको उपाधि दाबेदार सूचीमा राखेका छन्।