काठमाडौँ — ब्राजिल, विश्वकप २०१४ को सेमिफाइनलमा जर्मनीसँग ७–१ ले पराजित भएको ब्राजिल त्यसको छायाबाट माथि उठ्न चाहन्छ । रुसका लागि छनोट हुने पहिलो टिम रहेको ब्राजिलले त्यस क्रममा अर्जेन्टिनामाथि ३–० को प्रभावशाली जित हात पारेको थियो, जुन विश्वकपमा जर्मनीसँग स्तब्ध भएको मिनेइरो रंगशालामै भएको थियो ।
टिटेलाई सेप्टेम्बर २०१६ मा प्रशिक्षक नियुक्त गरेपछि ब्राजिल फेरि शक्तिशाली भएको हो । उनको नेतृत्वमा ब्राजिलले अर्जेन्टिनासँग मैत्रीपूर्ण खेलमा एक हार बेहोरे पनि १३ जित र तीन बराबरी खेलेको छ ।
मुख्य खेलाडी : नेयमर (पेरिस सेन्ट जर्मेन) –
२६ वर्षको उमेरमा उनी करिअरकै उच्च लयमा हुन सक्छन् । हालै मैदानमा फर्किएका उनलाई विश्वकप जितेर लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोलाई उछिन्ने अवसर छ ।
प्रशिक्षक : एडेनर बाची –
विश्वव्यापी रूपमा टिटेको नामले प्रख्यात उनले ब्राजिललाई ‘फ्लप’बाट ‘फेवरेट’ टिममा परिणत गरेका छन् । नेयमरमा धेरै भर परेको डुंगाले सम्हालेको २०१४ को टिमलाई उनले सगठित र लयमा रूपान्तर गरेका छन् ।