अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच एेतिहासिक वार्ता सुरु (भिडियाेसहित)

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

 

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच औपचारिक वार्ता सुरु भएको छ । सिंगापुरस्थित सेन्तासा अैल्याण्डकाे एक होटलमा वार्ता सुरु भएको हो ।

दुवै नेताले एक आपसमा हात मिलाएर ऐतिहासिक भेटवार्ताको सुरुवात गरेका थिए। यो भेटवार्ता ४५ मिनेटदेखि एक घण्टासम्म चल्ने अनुमान गरिएको छ। वार्तामा दुवै नेताका दोभाषे पनि उपस्थित रहेका छन्।

कोरियाली प्रायद्वीपमा तनाव अन्त्य गर्ने उद्देश्यका साथ भएको शिखर बैठकका लागि विश्व प्रतिक्षामा रहेको थियो । हालसम्म कुनै पनि बहालवाला अंेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतासँग भेटवार्ता गरेका थिएनन् । यो नै पहिलो घटना हो । स्थानीय समयानुसार विहान ९ बजेबाट सुरु वार्ताका लागि उन पहिले वार्तास्थल पुगेका थिए । त्यसपछि ट्रम्प वार्तास्थलमा पुगे ।

किम जोङ उनसँग भेट गर्नुपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एुटा ट्विट गरेका छन्। जसमा किमसँगको बैठकलाई लिएर ट्रम्प स्वयं आशावादी नभएको संकेत देखिएको छ। ट्रम्पले लेखेका छन्, ‘स्टाफका सदस्य र प्रतिनिधिबीच सबै कुरा राम्रो भयो। तर, यसले धेरै अर्थ राख्दैन।’

ट्रम्पले निकै अपेक्षा राखिएको वार्ता शान्ति प्राप्तिका लागि एकपटकको अवसर भएको बताएका छन् । शिखर वार्ताले गत वर्ष आरोप-प्रत्यारोप र एक-अर्कालाई चेतावनी दिने गरेका दुई नेतामा आएको नाटकीय परिवर्तनलाई इंगित गर्दछ । वाशिङटनको विश्वास छ- शिखर बैठकले एुटा प्रक्रियाको शुरूवात गर्नेछ, जुन प्रक्रियाले अन्ततः कोरियाली प्रायद्वीपलाई निश्शस्त्रीकरणतर्फ डोर्याउनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यो भेटवार्तालाई शान्ति कायम गर्ने ‘एुटा अर्को मौका’ मानिरहेका छन्। विश्व समुदायबाट अगल भएको उत्तर कोरियाकालागि पनि विश्वसमुदायसँग जोडिने सुनौलो अवसर हो। यो वार्तामा परमाणु कार्यक्रमका विषयमा छलफल हुने तय भएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *