नारायणगढ—मुग्लिङ सडकखण्डमा सात ठाउँमा पहिरो

समाचार
शेयर गर्नु होला

 

चितवन । सोमबार साँझ परेको वर्षातपछि नारायणगढ—मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार सो सडकको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको छ ।

राति ११ः२० बजेदेखि अवरुद्ध सडक आज बिहान ३ः२० बजे एकतर्फी सञ्चालनमा आएको थियो । बिहान ६ बजेदेखि डोजर र एस्काभेटरले पहिरो पन्छाउने काम भैरहेको भए पनि सवारी आवागमनमा भने समस्या भएको जिल्ला प्रहरी कार्यालय, चितवनले बताएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *