खाद्यान्न लुकाए १० वर्ष कैद !

समाचार
शेयर गर्नु होला

 

काठमाडाैं । खाद्यान्न लुकाएर भोकमरीको अवस्थामा सिर्जना गर्न खोज्ने व्यक्तिलाई १० वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ।

आपतकालीनका बेला चाहिने खाद्यवस्तु भण्डारण गर्न लैजाँदै गर्दा कसैले लुटेमा पनि तीन महिना कैद, दुई लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

संसदमा पेश गर्नका लागि खाद्यान्नसम्बन्धी मौलिक हक कार्यान्वयन गर्न बनेको विधेयकमा यस्तो खानेकुरा राखेर अरुलाई भोकमारीको अवस्थामा पुर्याएमा १० वर्षसम्म कैद र पाँच लाख रुपैयाँ जरिवाना हुनसक्ने व्यवस्था गरिएकाे हाे ।

लक्षित वर्ग वा पिछडिएको वर्गलाई वितरण गर्ने भनिएको खाद्यान्न वितरण नगरेमा पाँच वर्ष कैद वा पाँच लाख रुपैयाँ जरिवानाको प्रावधान बनाइेकाे छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *