कांग्रेसमा नेतृत्व परिवर्तनको मुद्दा: देशव्यापी अभियान थाल्ने घोषणा

समाचार
शेयर गर्नु होला

 

काठमाडौँ : पार्टी सुधारका निम्ति नेतृत्व परिवर्तनको मुद्दालाई मुख्य एजेन्डा बनाएर देशव्यापी अभियान थाल्ने उद्घोष गरेको छ ।

वर्तमान नेतृत्वबाट दुई तिहाइ जनमत बोकेको कम्युनिस्ट पार्टीसँग प्रतिस्पर्धा गर्न नसकिने निचोड यो समूहले निकालेको छ ।आगामी १४ औं महाधिवेशनलक्षित यो अभियानमा संस्थापन इतर पक्षको नेतृत्व लिएका वरिष्ठ नेता रामचन्द्र पौडेलले खुट्टा नकमाउने बताए ।

१३ औं महाधिवेशनपछि पानी बाराबार गरेका कांग्रेस नेता पौडेल र पूर्वमहामन्त्री सिटौला पार्टी नेतृत्व परिवर्तन गर्नुपर्छ भन्नेमा सोमबार एुटै मञ्चमा देखिएनन् मात्रै, हात मिलाएरै कांग्रेस सुधारको अभियानमा एकजुट हुने उद्घोषसमेत गरे । पौडेलले सिटौलालाई लक्षित गर्दै अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सिन्छ भनेजस्तो आफैंलाई भएको भन्दै व्यंग्यसमेत हाने । तर, उनले विगतको इतिहास नकोट्याई अभियानमा खुट्टा नकमाइकन अघि बढ्ने बताए । सिटौलाले पनि विगतको ‘ह्याङओभर’ मा नभएर वर्तमान र भविष्यका लागि पौडेलसँगै हिँड्ने बताए ।

पौडेल र सिटौलालाई एक ठाउँमा ल्याउने भूमिकामा रहेका केन्द्रीय सदस्य केसी, युवा नेताहरू गगन थापा र प्रदीप पौडेलसमेतले संस्थापन इतर पक्ष एकजुट भएर अघि बढ्न आग्रह गरे । ‘अाअफ्नो परिस्थिति र पार्टीको आवश्यकताले अहिले हामी एुटै मञ्चमा छौं । यसको संवेदनशीलतालाई बुझ्न सक्यौं र एकता मजबुत बनायौं भने यो तागतलाई कसैले रोक्न सक्दैन,’ थापाले भने । उनले कांग्रेसलाई पुरानै ठाउँमा नभएर नयाँ ठाउँमा पुर्‍याउने नेतृत्व आवश्यक भएको बताए ।

स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टी हार्नुमा नेतृत्वको कार्यशैलीलाई मुख्य दोष दिँदै आएको संस्थापन इतर पक्षीय नेताहरूले नेतृत्व परिवर्तनको मुद्दालाई जिल्ला सभापति भेला, महासमिति बैठक हुँदै पार्टीको तल्लो पंक्तिसम्म पुर्‍याउने तयारी गरेका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *