काठमाडाैं – आफूखुसी विदेश भ्रमण जाने प्रवृत्ति नरोकिएपछि सरकारले जनप्रतिनिधिलाई संघीय माामिला तथा समान्य प्रशासनमन्त्रालयको सिफारिस गरिएको चिठी नभैइ भिसाका लागि निवेदन नदिन निर्देशन दिएको छ।
सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले संघीय मामिला तथा समान्य प्रशासनमन्त्रालयको सिफारिश र परराष्ट्र मन्त्रालयको स्वीकृतिबाट मात्रै जनप्रतिनिधिहरूले विदेश भ्रमण गर्न पाउने बताए। ‘स्थानीय सरकार पनि संघीय सरकरको मातहतमा रहेकाले संघीय सरकारको स्वीकृति र सहमतिबिना स्थानीय सरकारका प्रतिनिधि तथा कर्मचारीले विदेश भ्रमण गर्न पाउँदैनन्,’ मन्त्री बाँस्कोटाले भने।
सैगरी संघीय मामिला तथा समान्य प्रशासनमन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र पठाई भिसा सिफारिश गर्नुअघि जनप्रतिनिधिले मन्त्रालयको स्वीकृति र सिफारिस अनिवार्य रूपमा लिनुपर्ने निर्देशन गरेको छ। साथै कन्सुलर सेवा विभाग र राहदानी विभागलाई पनि जनप्रतिनिधिलाई भिसा सिफारिश गर्नुअघि मन्त्रालको सिफारिश अनिवार्य चिठी माग्न आग्रह गरेको छ। यसका लागि मन्त्रालयले राहदानी विभाग र कन्सुलर सेवा विभागलाई स्थानीय तहलाई पठाइेको परिपत्रको बोधार्थ समेत पठाएको छ।
सरकारले हालै ल्याएको सार्वजनिक खर्च मितव्यियता निर्देशिकाअनुसार जनप्रतिनिधि तथा स्थानीय तहमा कार्यरत कर्मचारीलाई आफूखुसी विदेश जाने प्रवृत्तिलाई पूर्णरूपमा रोक्न यस्तो निर्देशन दीएको सरकारले जनाएको हो।