वार्ता सम्पन्न : ट्रम्पसँगको भेटमा किमले भने, यहाँसम्म आइपुग्न सहज थिएन

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अनबीचको बहुप्रतीक्षित एक्लाएक्लै वार्ता सिंगापुरमा सम्पन्न भएको छ।

अब दुई नेताहरू कार्यसूचीसहितको दिवाभोजमा सहभागी हुँदैछन्। ट्रम्पसँगको भेटमा किमले भने, यहाँसम्म अाईपुग्न सहज थिएन, अनेकौँ अप्ठ्याराहरू थिए तर यहाँसम्म अाईपुग्न हामीले त्यसलाई जित्यौँ। सिंगापुरको पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा ट्रम्प र किमले एकार्कासँग हात मिलाएका थिए। आ-आफ्नो देशका राष्ट्रिय झण्डासामु देखिएका उनीहरूले एकार्काको पिठ्यूँमा धाप मारे।

एक्लाएक्लै वार्तामा बस्नुअघि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै ट्रम्पले किमसँग ‘एकदम राम्रो सम्बन्ध’ हुने अपेक्षा गरे। उनले भने, “मलाई एकदम राम्रो लागिरहेको छ। हामी राम्रो कुराकानी गर्न गैरहेका छौँ र त्यो एकदम सफल हुनेछ।”

त्यसपछि उनीहरूले अनुवादकहरूको सहयोगमा केही शब्द आदानप्रदान गरे र एक्लाएक्लै वार्ताका लागि होटलको पुस्तकालयतर्फ लागेका थिए। बहालवाला अंेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच भेटवार्ता भएको यो पहिलो पटक हो। (बिबिसी)


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *