गल्ती ठहरिए मेरै घरबेटीलाई पनि कारबाही हुन्छ : प्रचण्ड

समाचार
शेयर गर्नु होला

 

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती ठहर भएमा आफ्नै घरबेटीमाथि पनि राज्यले बारबाही गर्नुपर्ने बताएका छन् ।

मंगलबार विहान गृहजिल्ला चितवन पुगेका प्रचण्डसामु भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा ‘ठेक्का लिएर समयमै काम सम्पन्न नगरेकोमा तपाईंकै घरबेटीमाथि पनि कारबाही हुने चर्चा छ नि ?’ भनी साेधिएकाे प्रश्नमा प्रचण्डले उक्त कुरा बताएका हुन् ।

समयमै काम पूरा नगर्ने ठेकेदार (निर्माण व्यवसायी)प्रति गृह मन्त्रालयले कारबाही गर्ने बताइरहेका बेला प्रचण्ड भाडामा बस्दै अाएका घरका मालिक समेत चर्चामा अाएका छन् ।

पत्रकार सम्मेलनमा  उनले भने, ‘काे कसकाे घरबेटी भन्ने चर्चा गर्न आवस्यक नै छैन, ठेकेदारहरूले समयमै काम सम्पन्न गर्नुपर्छ, नगरे कारबाही हुन्छ नै । मस्दै अाएकाे घरको मान्छेले पनि गल्ती गरेको ठहर भएमा राज्यद्वारा कारबाही हुनुपर्छ ।’
तर गल्ती नगरेको भए प्रोत्साहित हुनुपर्नेमा समेत उनले जाेड दिए । ठेक्कामा कसैले लापरबाही गर्न नहुने भन्दै प्रचण्डले भने, ‘सरकार कडा रूपमा यसविरूद्ध जानुपर्छ भन्ने कुरामा कसैको पनि विमति छैन ।’

शैलुङ कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारीले भक्तपुर र काठमाडाैंमा सडक अायाेजना अाेगटेर बसेकाे र बेलैमा काम सम्पन्न नगरेकाे अाराेप लाग्ने गरेकाे छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *