सिंगापुर — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले ‘बृहत्’ सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार सिंगापुरमा कोरियन प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउन भएको ऐतिहासिक शिखर वार्ता पछि दुई नेताले सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन् । यद्यपी सम्झौताका बुँदाहरु भने सार्वजनिक गरिएको छैन।
हस्ताक्षर अघि पत्रकारसँग कुराकानी गर्दै ट्रम्पले भने, हामीले एकदमै महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर गरिरहेका छौँ, ‘हामीबीच एकदमै राम्रो सम्बन्ध छ, राम्रो सम्बन्ध।’ उनले भनेका छन्, ‘आज हामीले ऐतिहासिक बैठक गर्यौँ र विगतलाई पछाडि छोड्ने निर्णय हामीले गर्यौँ,’ ‘हामी ऐतिहासिक दस्तावेजमा हस्ताक्षर गरेका छौँ। संसारले एुटा मुख्य परिवर्तन देख्नेछ।’ सम्झौतामा हस्ताक्षर गरेसँगै ट्रम्पले आणविक नि:शस्त्रीकरणको प्रक्रिया आफूले सोचेभन्दा चाँडै सुरु हुने प्रतिक्रिया दिएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले किमसँगको भेटवार्ता पछि ‘विशेष सम्बन्ध’ स्थापित भएको र यसले उत्तरसँगको अंेरिकाको सम्बन्ध पनि फरक ढंगबाट अगाडि बढ्ने बताएका छन् । ‘हामीले विश्वकै सबैभन्दा खतरनाक समस्यालाई अन्त्य गर्न सफल भएका छौं,’ ट्रम्पले भने, ‘यस उपलब्धीबाट विश्वका सबै मानिस धेरै खुशी हुने छन् ।’
ट्रम्पले पत्रकारहरुको प्रश्नको जवाफ दिँदै किमलाई अमेरिका भ्रमणको निम्तो समेत दिए का छन् । ‘किम निकै प्रतिभाशाली रहेछन्,’ ट्रम्पले भने, ‘किमले आफ्नो देशलाई निकै माया गर्दा रहेछन् ।’
किम् ले यो भेतबार्ता कुनै फिक्सन् फिल्म को कहानि नभएर हकिकत भएको बताए।