एजेन्सी। ६५ वर्षसम्म जारी विवादपछि अमेरिका र उत्तर कोरियाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा उत्तर कोरिया परमाणु निशस्त्रीकरणकालागि तयार भएको उल्लेख छ।
सो अवसरमा उत्तर कोरियाका नेता किम जोङ उनले भने, ‘मानिसहरुलाई यो भेटवार्ता कुनै विज्ञानको फिक्षनजस्तै लाग्न सक्छ।’ यसकालागि ६ महिनादेखि कोशिश जारी थियो।ट्रम्पले एक पटक भेटवार्ता रद्द गरेका थिए। तर किम जोङ उनले हार मानेका थिएनन्।
सम्झौतापत्रमा हस्ताक्षर गरेपछि किमले विश्वले ठूलो परिवर्तन देख्ने उल्लेख गर्दै आफूले विगतलाई छोड्ने फैसला गरेको बताए।
ट्रम्पले विश्वको सबैभन्दा ठूलो र खतरनाक समस्याको समाधान भएको बताए। ‘अब विश्वको सबैभन्दा ठूलो र खतरनाक समस्याको समाधान भएको छ। त्यसकालागि म किमलाई धन्यवाद दिन चाहन्छु।’
सीएनएनले उल्लेख गरेको अनुसारामेरिका र उत्तर कोरियाबीच नयाँ सम्बन्ध विस्तार भएसँगै त्यसले कोरियन प्रायद्वीपमा मात्रै नभैइ विश्वमा नै शान्ति स्थापनाका हुनेमा दुवै देशका नेता विश्वस्त भएको र त्यसलाई आत्मसात गरेर आपसी विश्वास बढाएमा कोरियन प्रायद्वीपको आणविक नि:शस्त्रीकरण अगाडि बढ्ने भएकाले राष्ट्रपति ट्रम्प र नेता किमबीच उल्लेखित बुँदाहरुमा सहमति भयो :
१। अमेरिका र उत्तर कोरियाले दुवै देशका जनताहरुको आकांक्षा अनुसार दुई देशको शान्ति तथा समृद्धीका लागि नयाँ आपसी सम्बन्ध विस्तार गर्ने।
२। अमेरिका र उत्तर कोरियाले कोरियन प्रायद्वीपमा दिगो शान्ति स्थापनाका लागि संयुक्त प्रयास गर्ने।
३। २०१८, अप्रिल २७ मा जारी भएको पानमुनजोम घोषणापत्र अनुसार उत्तर कोरिया कोरियन प्रायद्वीपको पूर्ण आणविक नि:शस्त्रीकरणको प्रकृयामा अगाडि बढ्ने।
४। अमेरिक र उत्तर कोरियाले युद्धका बेला बनाइेका बन्दीहरुलाई दुवै देशले क्रमश: रिहा गर्ने। पहिचान भैसकेका बन्दीहरुलाई भने तुरुन्तै रिहा गरिने।