देउवाको निरंकुशता र ओलीको अधिनायकवादविरुद्ध लड्छौं : अर्जुननरसिंह केसी

समाचार
शेयर गर्नु होला

 

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै अहिले कांग्रेसका नेता तथा कार्यकर्ताहरु पार्टी सभापति शेरबहादुर देउवाको निरंकुशता र केपी शर्मा ओली नेतृत्वको सरकारको अधिनायवादविरुद्ध लड्न तयार भएर बस्नुपर्ने बताएका छन्।

उनले सभापति देउवालाई पार्टीलाई एक ढिक्का भएर अघि बढाउन आफूले समेत पटक पटक आग्रह गरेको जनाए। उनले भने, ‘सभापतिको नाताले उहाँले पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्छ, सबै नेताहरुलाई मिलाउनुपर्छ, पार्टीलाई संरचनागत रुपमा चलाउनुपर्छ, त्यो अहिले सभापतिजीले सक्नुभएको छैन, यदि उहाँ मिल्न तयार हुनुभएन भने हामी संघर्ष गर्न तयार छौं।’ उनले सभापति देउवाले पदाधिकारी मनोनित एकलौटी ढंगले गर्नु निरंकुशताको अभ्यास भएको आरोप लगाए।

केसीले पार्टी सभापति देउवाको कार्यशैली, सामन्तवादी प्रवृत्ति र स्वेच्छचारीको आफू विरोधी रहेको बताउँदै यही तरिकाले पार्टीले पूर्नजीवन नपाउने समेत ठोकुवा गरे। उनले आफू सभापतिले तत्काल राजिनामा दिनुपर्छ भन्ने पक्षमा नरहेको पनि सुनाए। बरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र आफूबीच पछिल्लो समय भएको सहमति पार्टीलाई एक ढिक्का बनाउनको लागि नै भएकोले सभापति देउवापनि सहमतिमा अौनुपर्ने उनको माग छ।

वर्तमान सरकारका हरेक मन्त्रीहरुले समेत भ्रष्टाचारको ठूलो स्वरमा विरोध गरेपनि साँढे ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेका जुनसुकै राजनीतिक दलका जोसुकै व्यक्ति होस् जरोसम्म पुगेर भएपनि कारबाही गरेर देखायो भनेमात्रैवास्तवमा त्यो दिनदेखि यो सरकार भ्रष्टाचार विरोधी हो रैछ भनेर आफूहरुले विश्वास गर्ने केसीले स्पष्ट पारे।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *