काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा मंगलबार भएको शिखर वार्ताको नेपालले स्वागत गरेको छ ।
वार्तामा भएका सम्झौता कार्यान्वयन र कोरियाली प्रायद्वीपमा स्थायी शान्ति कायम हुने आशा र विश्वास नेपालले व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालयले वार्तालगत्तै जारी गरेको विज्ञप्तिमा दुई नेताबीच सिंगापुरमा शिखर वार्ता भैइ संयुक्त विज्ञप्ति पनि जारी भएकोमा खुशी ब्यक्त गरिएको छ ।
शिखर वार्तामा कोरियाली प्रायद्वीपमा नि:शस्त्रीकरण गर्दै शान्तिमा जोड दिने सहमति दुई नेताबीच भएको छ ।