नेविसंघको प्रदर्शनमा प्रहरीको हवाई फायर

Uncategorized
शेयर गर्नु होला

 

पोखरा– पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आन्दोलित कांग्रेस निकट नेपाल विद्यार्थी संघ कास्कीले गरेको मसाल जुलुस प्रदर्शनमा प्रहरीले एक राउण्ड हवाई फायर र १५ सेल अश्रुग्यास प्रहार गरेको छ।

नेविसंघ केन्द्रिय परिपत्र अनुसार नै नेविसंघका केन्द्रिय सदस्य भानु ढकाल, गोपाल गुरुङ, कास्की अध्यक्ष विकास थापा, क्याम्पसका ईकाई सभापति दीपक शर्मा वाग्ले, स्ववियु सभापतिका उम्मेदवार रेशम हमालको नेतृत्वमा मंगलबार साँझ पृथ्वीनारायण क्याम्पस परिसरमा मसाल जुलुश प्रदर्शनी हुँदै थियो। तर, गेटबाट निस्केर सडकमा पुग्दाबित्तिकै प्रहरीले विद्यार्थीको हातबाट मसाल खोस्न थाल्यो, त्यसपछि प्रतिकारमा उत्रिएका विद्यार्थीहरुलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो।

प्रहरीले हस्तक्षेप गरेको भन्दै आक्रोशित विद्यार्थीको भिडले प्रहरीमाथि लगातार ढुंगा, जुलुस र बियर बोत्तलहरु प्रहार गरे। उनीहरुको प्रहारबाट दुई जना प्रहरी जवान अजय नेपाली र रमिशरण बस्नेत सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक जगदीश शर्माले बताए। यस्तै दुर्घटना हुन सक्ने सम्भावनाका कारण प्रहरीले ट्रान्सफर्मर केही समय बन्द गर्न आग्रह समेत गरेको थियो ।

उता विद्यार्थीहरुले भने केन्द्रिय परिपत्र अनुसार जनतालाई मारमा पार्ने गरी गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गराउन दबाबस्वरुप प्रदर्शनी गरिएको जनाएका छन्। मूल्यवृद्धि फिर्ता नगरे सम्म प्रदर्शन जारी रहने नेविसंघ नेता ले जानकारी दिए।

विरोधस्वरुप ३१ गते प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लादहन गर्ने कार्यक्रम रहेको उनले जनाए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *