३३ किलो सुन तस्करी काण्डः बाजेको सेकुवामा शिलबन्दी

समाचार
शेयर गर्नु होला

 

काठमाडौँ — ३३ किलो सुन तस्करी र भरिया सनम शाक्य हत्याको घटनाको छानबिनको क्रममा गृहमन्त्रालयको छानबिन समितिले काठमाडौ‌ं उपत्याकाका विभिन्न ६ स्थानमा रहेको बाजेको सेकुवामा शिलबन्दी गरेको छ।

समितिले रेस्टुरेन्ट सञ्चालक चेतनाथ(चेतन) भण्डारीको पनि संगठीत सुन तस्करीमा संलग्न रहेको र तस्करीबाट अार्जित रकम रेस्टुरेन्टमा प्रयाेग भएको दाबी छ ।

सुन तस्करीमा लगानी गरेको आशंकामा प्रहरीले रेस्टुरेन्टका सञ्चालक भण्डारीको सम्पत्ति र बैंक खाता रोक्का गरिसकेको छ। सुन तस्करी काण्डमा भण्डारी फरार प्रतिवादी हुन्। भण्डारी तस्करी गिरोहका नाइके चुणामणि उप्रेती ‘गोरे’का आफन्त हुन्।

भण्डारी उप्रेतीका भान्जा नाता पर्छन्बाजेकाे सेकुवा नाममा भण्डारीको स्वामित्व रहेका ५ वटा र उनका सालाे सञ्चालक रहेको एुटा गरी ६ वटा होटलमाअनुसन्धान समितिले काराेबार राेक्का गर्दै शिलबन्दी गरेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *