प्रधानमन्त्रीको चीन भ्रमण असार ५ गते तय

समाचार
शेयर गर्नु होला

 

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।

उनी असार १० गते स्वदेश फर्केन कार्यक्रम रहेको छ। भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, भौतित पूर्वाधान तथा यातायातमन्त्री रघुवीर महाशेठ, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्री पत्नी राधिका शाक्य लगायत रहने परराष्ट्रमन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुनेछ ।
भ्रमणको क्रममा प्रधानमन्त्रीले चिनियाँ समकक्षी ली सहित वरिष्ठ चिनियाँ अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ। उनले त्यहाँ नेपाल चीन व्यापारिक मञ्चलाई सम्वोधन गर्नेछन्। सो अवसरमा दुई देशले केही सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको पनि परराष्ट्रले जनाएको छ।

प्रधानमन्त्री ल्हासा समेत जाने छन्। त्यहाँ उनले ल्हासाका उच्च अधिकारीलाई भेट्ने छन्। त्यहाँ उहाँले तिब्बतका प्रान्तीय नेताहरुसँग भेटवार्ता हुनुहुनेछ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल असार १० गते  अाईतबार स्वदेश फर्कनेछ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *