फुटबलको महाकुम्भ विश्वकप आजबाट सुरु

Uncategorized खेलकुद
शेयर गर्नु होला

 

काठमाडौँ — पूर्वी युरोपमा पहिलोपल्ट विश्व फुटबलको महाकुम्भ हुँदै छ, जसको सौभाग्य रुसले पाएको छ ।

अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१ौं संस्करण मस्कोको लुझनिकी रंगशालामा बिहीबार राती औपचारिक उद्घाटनसँगै सुरु हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक रसिया र साउदी अरेबिया भिड्दैछन्। नेपाली समया अनुसार साँझ ८ः४५, रुस र साउदीबीचको खेल मस्को स्थित राष्ट्रिय रंगशाला लुजनेकीमा हुनेछ।

विश्वकप खेलिरहेका राष्ट्रको सूचीमा रुस र साउदी अरेबिया तल्लो वरीयतामा रहेकाले यसलाई विश्वकप उद्घाटन इतिहासकै कमजोर खेलका रूपमा हेरिएको छ । रसिया फिफा वरियतामा ७० औँ स्थानमा छ भने साउदी अरेबिया ६७ औँ स्थानमा छ। रसिया आयोजक राष्ट्रका हैसियतमा मात्र विश्वकप फुटबलमा छनौट भएको हो। साउदी अरेबिया भने यसाघि सन् १९९४ र सन् २००६ को विश्वकपमा समेत सहभागि भैसकेको छ।

ब्राजिल, फ्रान्स, जर्मनी र स्पेन प्रबल दाबेदारका रूपमा रहेका छन् । अर्जेन्टिना, इंग्ल्यान्ड, बेल्जियम, पोर्चुगल त्यसपछिका सूचीमा देखिएका छन् ।

विश्व फुटबलको सर्बोच्च निकाय फिफाका अनुसार संगीतका अन्तर्‍ाष्ट्रिय स्टार रोबी विलियम्सले ८१ हजार दर्शक क्षमताको लुझनिकी रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । ठूलो सांगीतिक कन्सर्टका रुपमा चल्ने कार्यक्रममा विलियम्सलाई रुसी स्टार अैडा गारिफुलिनाले सघाउनेछिन् । दुई पटक विश्वकपको उपाधि जितेका ब्राजिली पूर्व स्टार रोनाल्डो उदघाटन समारोहका अर्का मुख्य आकर्षण हुनेछन् ।

३२ वटा राष्ट्रहरूले आठवटा समूहहरुमा रहेर विश्वकप खेल्नेछन् । युरोपबाट रुस, बेल्जियम, जर्मनी, बेलायत, स्पेन, पोल्याण्ड, अैसल्याण्ड, सर्बिया, फ्रान्स, पोर्तुगल, स्वीजरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क गरि १४ राष्ट्रहरुले भागलिने छन् ।

त्यसैगरि एसियाबाट खेल्ने राष्ट्रहरुमा ईरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया गरि ५ राष्ट्रहरू छन् । अफ्रिकाबाट भागलिने राष्ट्रहरूमा नाइजेरिया, इजिप्ट, सेनेगल, टिउनेसिया र मोरक्को रहेका छन ।

उत्तरी अंेरिकाबाट मेक्सिको, कोस्टारिका र पानामा गरि ३ राष्ट्रहरू रहेकाछन भने दक्षिणी अंेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्बो र पेरु गरि ५ राष्ट्रहरूले भाग लिनेछन ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *