नेपाल र नेपालीप्रति गहिरो मित्रता :अमेरिकी राजदूत अलाइना

समाचार
शेयर गर्नु होला

 

बाह्रबिसे — अमेरिकी राजदूत अलाइना बी टेप्लिट्जले कुनै पनि असहज परिस्थितिमा नेपाल र नेपालीप्रति गहिरो मित्रता प्रदर्शन गर्न आफ्नो मुलुक पछि नपर्ने बताएकी छन् ।

सिन्धुपाल्चोकमा निर्माण भएको स्वास्थ्यचौकी सरकारमार्फत स्थानीयलाई हस्तान्तरण गर्नेक्रममा राजदूत टेप्लिट्जले भनिन्, ‘कुनै पनि विपतको घडीमा नेपाल सरकार र नेपाली जनताप्रतिको आफ्नो गहिरो मित्रता प्रदर्शन गर्न अंेरिकी सरकार सक्षम छ । हामीले भूकम्पका बेला भएको जनधनको क्षति र विस्थापितहरूको अवस्था देखेका छौं । यस्तो कठिन घडीमा सहयोगी हातको निकै ठूलो महत्त्व हुन्छ । नेपालीलाई सघाउन पाएकोमा हामीलाई गर्व लागेको छ ।’

‘यो अस्पताल अमेरिकी सहयोगको प्रतीक हो, यस्तो काम मुलुकभर गर्दै आएका छौं,’ हस्तान्तरण कार्यक्रममा टेप्लिट्जले भनिन्, ‘यो पहिलो हो । अन्य भवन पुनर्निर्माणका क्रममा छन् ।’ ७० वर्षदेखि अमेरिका र नेपालबीच सद्भाव रहँदै आएको उल्लेख गर्दै यसरी सघाउन पाउँदा गर्व अनुभूति भएको उनले सुनाइन् । अमेरिकी अन्तर्‍ाष्ट्रिय विकास नियोग (यूएसएाईडी) मार्फत १८ करोड रुपैयाँमा अत्याधुनिक उपकरणसहित भवन निर्माण भएको हो ।

बाह्रबिसे नगरपालिकाको राम्चेमा अमेरिकी सहयोगमा १५ शय्याको सुविधासम्पन्न प्राथमिक स्वास्थ्य केन्द्र भवन बनेको हो । अंेरिकी सेनाको इन्जिनियरिङमा बनेको भवन बुधबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र अंेरिकी राजदूत टेप्लिट्जले संयुक्त रूपमा उद्घाटन गरे ।

मन्त्री यादवले भूकम्प प्रभावित क्षेत्रका बिरामीको उपचारमा अमेरिकी सहयोगले ठूलो भूमिका खेलेको भन्दै धन्यवाद दिए ।
पछिल्लो समय सरकारले छिमेकीलाई उच्च प्राथमिकता दीरहेको सन्दर्भमा उनले नेपाली जनताको जीवनस्तर उकास्न र मुलुकको विकासमा सहकार्य गर्न अंेरिका सधैं तयार रहेको बताएकी हुन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *