ओलीलाई लक्षित गरि दमकमा बम प्रहार

समाचार
शेयर गर्नु होला

 

दमक – दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई लक्षित गरि बम प्रहार गरिएको छ ।
बुधबार बेलुका कार्यालयबाट फर्कने क्रममा नगरपालिकाको गाडीको छतमा कार्टुन जस्तो चिजमा शंकास्पद वस्तु फेला परेको थियो ।

प्रमुख ओलीकी पत्नी लिलाका अनुसार, कार्यालयबाट बेलुका ६ बजे घरतर्फ अौने क्रममा मोडमा कसैले शंकास्पद वस्तु राखेका थिए । गाडीमा एक्कासी अनौठो आवाज आएको थियो, ओलीले भनिन्, तर अरु केही भएको ठान्यौ, घरमा आएर हेर्दा कार्टुन भित्र प्याक गरेको अवस्थामा बम फेला पर्यो। फेला परेको बमलाई ओली निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीले बेलुका ८ बजेतिर सुरक्षित स्थानमा लगेका थिए ।

त्यसलाई बिहिवार बिहान नेपाली सेनाका सुरक्षाकर्मीले डिस्पोज गरेका थिए । यस अघि पनि ओली निबासमा बम बिष्फोट गराइेको थियो ।

नगरपालिकाका प्रमुख रोमनाथ ओली प्रधानमन्त्री केपी शर्मा ओलीको दमकस्थित घरमा बस्दै आएका छन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *