एजेन्सी : अाजबाट सुरू हुन लागेकाे विश्वकप फुटबलकाे उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी भएकाे छ ।‘एकिलिज’ नामकाे कान नसुन्ने सेताे बिरालोले विश्वकपको उद्घाटन खेलमा अायोजक रुसले जित्ने भविष्यवाणी गरेको हाे ।
अाज राति पौने ८:४५ बजे रुस र साउदी अरेबियाले यस विश्वकपकाे पहिलाे खेल खेल्दैछन् । बुधबार बिरालाेमार्फत गराइेकाे भवष्यवाणीमा रूसले जित्ने बताइेकाे हाे ।
दुइदेशका झण्डासहित खानेकुरा राख्दा एकिलिजले रसियाको झन्डा भएको खाना खाएको थियो । कान नसुन्ने उक्त बिरालोलारि विश्वकपको भविष्यवाणी गर्ने अाधिकारिक जनावरको मान्यता दीएको छ।
यसाघिका केही भविष्यवाणी मेल खाएपछि उक्त बिरालाेलारि विश्वकपमा अाधिकारिक भविष्यवाणीका लागि ल्याइेकाे हाे ।