जिल्ला अदालत काठमाडौंबाट आश्चर्यजनक फैसला बलात्कारी निर्दोष तर पीडितलाई कसुर ठहर नभएका प्रतिवादी ले १० लाख क्षतिपूर्ति दिनु पर्ने

समाचार
शेयर गर्नु होला

 

काठमाडौँ — जिल्ला अदालत काठमाडौंले बलात्कारको एक मुद्दामा प्रचलित नजीर र कानुनी मान्यता उल्लंघन हुने गरी आरोपितलाई सफाई दिएको छ ।

न्यायाधीश तेजनारायण पौडेलको इजलासले पनौती घर भैइ काठमाडौं बसोबास गर्ने केदारप्रसाद कोइरालालाई बलात्कारको आरोपबाट सफाई दिएको हो। कोइरालामाथि उनकै घरमा काम गर्ने एक किशोरीको बलात्कार गरेको आरोप थियो। अदालतले निर्दोष ठहर गरेका कोइरालाबाट पीडितलाई १० लाख क्षतिपूर्ति भराउने फैसला समेत गरेको छ।

बलात्कारको बारदात (घटना भएको) मितिपछिको अवधि र पीडितले बोकेको गर्भको आकार नमिलेको भन्दै जिल्ला अदालतलेकसुर स्थापित नहुने फैसला गरेको हो। त्यतिमात्रै होइन, किशोरीको उमेर खुल्ने आधिकारिक कागजातको साटो चिकित्सकलेअनुमान गरेर किटिदिएको उमेरलाई नै जिल्ला अदालतले आधिकारिक मानी फैसला गरेको छ। साथै प्रहरीबाट समेत डीएनएपरीक्षणका क्रममा संकलित नमुनाको संरक्षण नभैइ त्यसबाट पहिचान नभएको भन्दै प्रतिवादीलाई आधार पुग्ने राय व्यक्तभएको देखिन्छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *