काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागको अनुसन्धान शाखामा कार्यरत रामप्रसाद ढुंगानालाई ५० हजार घूससहित बिहीबार दिउँसो पक्राउ गरेको छ ।
आयोगको टोलीले ढुंगानालाई कार्यकक्षबाटै पक्राउ गरेको हो । उनले वैदेशिक रोजगार कार्यालयबाट विज्ञापन गर्न अनुमति नपाएको म्यानपावरले कामदार भर्ना प्रक्रिया सुरु गरेको मुद्दामा अनुसन्धान गरेका थिए । त्यही फाइलमा लेनदेन गर्ने क्रममा अख्तियारले ढुंगानालाई घूससहित पक्राउ गरेको जनाएको छ ।