ताराखोलामा जीप दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु

समाचार
शेयर गर्नु होला

बागलुङ । ताराखोला गाउँपालिका–२ अर्गलमा आज अपराह्न भएको जीप दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ।

बिहीबार बागलुङको ताराखोला गाउँपालिकाको अर्गलमा भएको दुर्घटनामा दुईको घटनास्थलमै मृत्यु भएको हो ।
घुस्मेलीदेखि अर्गल भातखाने डाँडा जाँदै गरेको ग १ ज ६०३४ नन्बरको जीप दुर्घटना हुँदा ताराखोला –३ का वडा सदस्य २४ वर्षीय हेमन्त घिमिरे र ५४ वर्षीय हरिराम गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा वडा नँ ३ कै २७ वर्षीय जीप चालक डम्बरबहादुर घिमिरे र ४२ वर्षीय कर्णबहादुर भण्डारी गम्भीर घाइते भैइ उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले जानकारी दिए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *