मूल्य वृद्धि गरेको भन्दै प्रधानमन्त्री केपी ओलीकोे पुत्ला दहन

समाचार
शेयर गर्नु होला

 

अछाम- नेपाल विद्यार्थी संघ अछामले बिहीबार मूल्य वृद्धि विरुद्ध अछामको साफेबगरमा राके जुलुस प्रदर्शन सहित नारा जुलस गर्‍दै प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ।

नेपाल विद्यार्थी संघ अछामले पेट्रोलियम पदार्थ र खाद्यवस्तुको मूल्य वृद्धि गरेको भन्दै प्रधानमन्त्री केपी ओलीकोे पुत्ला दहन गरेको हो।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेवि संघले देश भर आन्दोलन गरिरहेको छ। नेपाल विद्यार्थी संघ अछामले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा जिल्ला प्रशासन कार्यलय अछामलाई ज्ञापन पनि बुझाएको थियो।नेविसंघ अछामका सभापति नृप साउदले भने ‘वर्तमान सरकारले अहिले सम्म ५ पटक पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य सामानमा चर्को वृद्धि गर्नुले जनजिविकाको सवालमा सरकार जिम्मेबार नएको पुष्टि भएको छ।’

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धी तत्काल फिर्ता नलिए संघले कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ। मूल्य वृद्धिको जनस्तरबाट विरोध हुँदै आएको भन्दै नेविसंघले मूल्य वृद्धिको चर्को विरोध गर्दै आएको छ।

नेपाली कांग्रेसले पनि पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ता लिन सरकारलाई चेतावनी दीसकेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *