विश्वकप फुटबल:साउदी अरेबियालाई ५-० गोलको अन्तरले पराजित गर्दै रुस उद्घाटन खेलमा बिजयि

खेलकुद
शेयर गर्नु होला

 

एजेन्सी । विश्व फुटबलको महासंग्राम रुस विश्वकप २०१८ को उद्घाटन खेलमा आयोजक रुसले उत्कृष्ट सुरुवात गरेको छ । बिहिबार राति सम्पन्न खेलमा रुसले साउदी अरेबीयामाथि ५–० को शानदार जित हात पारेको हो ।

रुसले उद्घाटन खेल जितेसँगै ८८ वर्षयताको इतिहासपनि जोगाएको छ । सन् १९३० देखि सुरभएको विश्वकप फुटबलमा अहिलेसम्म आयोजक टोली उद्घाटन खेलमा कहिल्यै हारेको छैन् ।

रुसको मस्कोमा रहेको लुझ्निकी रंगशालामा भएको उद्घाटन खेलमा रुसले साउदी अरेबियालाई निकै दबाबमा राखेको थियो । खेलको १२ औं मिनेटमा युरी गोजिन्सिले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफ सकिनै लाग्दा ४३ औं मिनेटमा चेरिसेभले टिमका लागि दोश्रो गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

पहिलो हाफ २-० ले अग्रता लिएको रुस दोश्रो हाफमा समेत साउदीविरुद्ध आफ्नो दबदबा बनाइराख्न सफल भयो । दोश्रो हाफको ७१ औं मिनेटमा ज्यूबाले पुनः गोल गर्दै ३-०को अग्रता दिलाएका थिए । खेलको ९० मिनेटपछि थप गरिएको इन्ज्यूरी टाईममा चेरिसेभले व्यक्तिगत दोश्रो गोल गर्दै ४-०ले अग्रता दिलाएका थिए ।गोल लगत्तै खेलको ९४ औं मिनेटमा गोलेभिनले पाएको फ्रिकिक सिधै गोलपोष्ट चुम्दै रुस ५-०ले विजयी भएको छ ।

जितसँगै आयोजक रुस ३ अंक जोड्दै समुह एको शिर्ष उक्लिएको छ । ५–० को लज्जास्पद हार व्यहोरेकोसाउदी अरेबीयाभने अंक विहिन छ । रुस र साउदीसँगै, उरुग्वे र इजिप्टपनि समुह एमा समावेश छन् । प्रत्येक टोलीका शिर्ष दुई टोली अंक तालिकाका आधारमा नकआउट चरण प्रवेश गर्नेछन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *