काठमाडौं । विश्वकप २०१८ काे उद्घाटन खेलमा कान नसुन्ने सेताे बिरालाेले गरेकाे भविष्यवाणी मिलेकाे छ । ‘एकिलिज’ नामको उक्त रुसी बिरालोले विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा अायोजक देश रुसले जित्ने भविष्यवाणी गरेको थियाे ।
कान नसुन्ने उक्त बिरालोलारि विश्वकपको भविष्यवाणी गर्ने अाधिकारिक जनावरको मान्यता दीएको छ। यसाघिका केही भविष्यवाणी मेल खाएपछि उक्त बिरालाेलारि विश्वकपमा अाधिकारिक भविष्यवाणीका लागि ल्याइेकाे हाे।
बिहीबार राति सम्पन्न खेलमा रूसले साउदी अरेबियालाई ५–० गोल अन्तरले पराजित गर्दै उद्घाटन खेलमा शानदार जित हासिल गर्याे ।
बुधबार बिरालाेमार्फत गराइेकाे भविष्यवाणीमा रूसले जित्ने बताइेकाे थियाे । दुरि देशका झण्डासहित खानेकुरा राख्दा एकिलिजले दुवै तर्फका प्लेट केहीबेर हेरेर अन्त्यमा रुसी झण्डासँगै राखिएकाे प्लेटकाे खानेकुरा खाएकाे थियाे, यसकाे मतलब रूसले जित्नु नै हुन्थ्याे।
सन् २०१० को विश्वकपमा ‘पल’ नामकाे अक्टोपसले भविष्यवाणी गरेर चर्चामा अाएकाे थियाे ।