विश्वकप २०१८ : उरुग्वे दवारा इजिप्ट १–० ले पराजित

खेलकुद
शेयर गर्नु होला

 

काठमाडौं । फिफा विश्वकप २०१८ को दोस्रो खेलमा लुइस स्वारेजको टोली उरुग्वेले विजयी सुरुवात गरेको छ । शुक्रबार उरुग्वेले मोहम्मद सलाको टोली इजिप्टलाई १–० ले पराजित गरेको हो ।

खेलको ८९ औं मिनेटमा उरुग्वेले फ्रिकक पाएको थियो । कार्लोस सान्सेजले हानेको फ्रिकिकमा डिफेन्डर जोसे जिमिनिजले हेडर मार्फत गोल गरेका थिए ।

त्यसपछि खेलमा ५ मिनेट थप गरिएको थियो । तर इजिप्टले कुर्नै गोल फर्काउन सकेनभने उरुग्वेले पनि कुनै गोल गर्न सकेन् । अन्तत एक गालने खेलका लागि निर्णायक बन्यो। जितसँगै उरुग्वेले ३ अंक जोड्दा इजिप्ट अंक विहिन बन्न पुग्यो ।

समुह एमा समान एक एक खेलमा खेल्दै वजयी भएका टोली रुस र उरुग्वे क्रमश गोल अन्तरका आधारमा पहिलो र दोस्रो स्थानमा छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *