धनुषा । प्रदेश २ मा प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको नेपाल कम्युनिस्ट पार्टीले विनियोजित बजेट प्रति असन्तुष्ट ब्याक्त गरेको छ ।
नेकपाले असन्तुष्ट ब्याक्त गर्दै बजेटलाई छलफलमा लैजानका लागि अवरोध गरेको हो । शुक्रबार अर्थमन्त्री विजय यादवले प्रदेशसभामा प्रस्तुत बजेटले सांसदलाई ‘मानमर्दन’ गरेकाले अवरोध गर्नुपरेको नेकपाको भनाई छ ।
निर्वाचन क्षेत्र विकास कोष अन्तर्गत ५० लाख रुपैयाँ मात्रै विनियोजन गरेको भन्दै नेकपाले संसद् बैठकमा अवरोध गरेको हो । नेकपाका सांसदले प्रदेश सांसद विकास कोषमा २ करोड छुट्याउन माग गर्दै आएका थिए ।