काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठक आह्वान गर्नुभएको छ ।
सरकारको सिफारिसमा संविधानको धारा ६६ को उपधारा २ बमोजिम राष्ट्रपतिले असार ३ गते अपरान्ह चार बजे बस्ने गरी संघीय संसदको संयुक्त बैठक आह्वान गर्नुभएको शीतल निवासले जनाएको हो । ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली–०७५’ पारित गर्ने प्रयोजनका लागि संयुक्त बैठक बोलाइेको हो ।
जेठ २७ गते सभामुख कृष्णबहादुर महराले सूचना मार्फत् संयुक्त बैठक आव्हान गर्नुभएको थियो ।
तर, सांसदहरुले प्रक्रिया नमिलेको र कार्यविधि अस्पष्ट रहेको भन्दै असन्तुष्टि जनाएपछि जेठ २८ गतेका लागि बोलाएको बैठक स्थगित गरिएको थियो ।