नोबेल पुरस्कार प्राप्त मलालालाई आक्रमण गर्ने नाइके मारिए

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

 

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार बुधबार अफगानिस्तास्थित अमेरिकी सेनाको ड्रोन आक्रमणमा मुल्लाह फजलुल्लाहको मृत्यु भएको छ । उनले मानव अधिकारवादी मलाला युसुफजाईमाथि सन् २०१२ मा भएको आक्रमणको नेतृत्व गरेका थिए ।

मलालामाथि स्वात्त उपत्यकामा भएको आक्रमणका समय मुल्लाहले पाकिस्तानी तालिवानको नेतृत्व गरेका थिए ।
अफगानिस्तास्थित अमेरिकी सेनाका प्रवक्ता लेफ्टीनेन्ट कर्नेल मार्टिन ओ डोनेलले मुल्लाह पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा गरिएको हमलामा मारिएको बताए ।

मलालाले मानवाधिकार तथा महिला शिक्षा क्षेत्रमा उल्लेखनीय कार्य गरेबापत सन् २०१४ को नोबेल पुरस्कार प्राप्त गरेकी थीईन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *